फिफाका पूर्व उपाध्यक्ष मिचेल प्लाटिनी भ्रष्टाचार आरोपमा पक्राउ
युरोपियन फुटबल एसोसिएसन (युइएफए) का पूर्व अध्यक्ष तथा विश्व फुटबल महसंच (फिफा) का पूर्व उपाध्यक्ष मिचेल प्लाटिनी भ्रष्टाचारको आरोपमा हिजो विहान पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ६३ वर्षीय प्लाटिनीले २०२२ को विश्वकप फुटबलको आयोजना गर्न कतारलाई दिदा ठूलो आर्थिक चलखेल गरेको उनीमाथि आरोप लागेको छ।
