कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समीकरण पूरा , क्वाटरफाइनल खेल भोलिबाट

कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । ब्राजिलमा जारी प्रतियोगितामा सहभागी १२ टिममध्ये दुई एसियाली टिम जापान र कतारका साथै दक्षिण अमेरिकी टिम इक्वेडर र वोलिभिया लिग चरणबाटै बाहिरिए । समूह ‘ए’ बाट ब्राजील विजेता र भेनेजुयला उप-विजेता , समूह ‘बी’ बाट कोलम्बिया विजेता र अर्जेन्टिना उप-विजेता र समूह ‘सी’ बाट उरुग्वे विजेता र डिफेन्डिङ्ग च्याम्पियन चिली उप-विजेता बनेर क्वाटर फाइनल प्रवेश गरे भने समूह ‘ए’ को पेरु र समूह ‘बी’ को पारग्वे क्वालिफाइङ खेल जितेर तेस्रो हुँदै क्वाटर फाइनल प्रवेश गरेका हुन् । जापान र इक्वेडर वीचको खेल १-१ गोलको बराबरीमा सकिदा पराग्वेका लागि अन्तिम ८ मा प्रवेश गर्ने अवसर प्राप्त भयो ।
सो प्रतियोगिता अन्तर्गत भोलिबाट क्वाटरफाइनल चरणका खेलहरु हुने भएका छन् । जस अनुसार असार १३ गते विहान ६:१५ बजे ब्राजील र पाराग्ले , असार १४ गते विहान ४:४५ बजे कोलम्विया र चिली , असार १४ गते मध्यान्ह १२:४५ बजे अर्जेन्टिना र भेनेजुयला र असार १५ गये मध्यराती १२:४५ बजेबाट उरुग्वे र पेरु बीच खेल हुने बताइएको छ ।