ब्राजील कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश
आजबाट कोपा अमेरिका फुटबलको क्वाटर फाइनल चरणका खेल शुरु भएको छ । आज विहान आयोजक ब्राजील र पारग्ले बीच भएको पहिलो क्वाटर फाइनल खेलमा ब्राजील बिजयी भएको छ । निर्धारित ९० मिनेट तथा थपिएको ३० मिनेटमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट खेलको हार जीत टुङ्गो लागेको थियो । ट्राइबेकरमा ब्राजील ४-३ गोल अन्तरले बिजयी भयो । ब्राजिलका लागि ग्राबिएल जिसस् , फिलिपे कौटिन्हो , विलियम र मार्किन्होस्ले गोल गरे भने पाराग्लेका लागि मिगुएल अल्मिरान , रोड्रिगो रोजास र ब्रुनो भल्डेजले गोल गरे । खेलको ५८ औँ मिनेटमा पाराग्वेका खेलाडी फेबियन बालबुनाले ब्राजिलका खेलाडीलाई फल गरेका कारण रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सिमित भएको थियो ।
सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिना र भेनेजुयला बीचको बिजेतासँग खेल्नेछ ।
