एस.ई.ई. को नतिजा आजै प्रकाशनको तयारी गरिदै

0 Shares

२०७५ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतीजा आज अपरान्हसम्ममा प्रकाशन गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड , सानोठिमी भक्तपुरले जनाएको छ । २०७५ चैत १० गतेबाट शुरु भएको परीक्षामा २,३८,५५८ जना छात्रा र २,३६,४४५ जना छात्र सहभागी भएका थिए । १,९६९ वटा केन्द्रबाट संघीय संरचना अनुसार पहिलो पटक उक्त परीक्षा सञ्चालन भएको थियो । प्रदेश नं. २ मा प्रश्न पत्र बाहिरिएको लगायतका कारणले विगतका वर्षहरुमाभन्दा यस वर्ष सो परीक्षाको नतिजा प्रकाशनमा ढिलाई भएको बताइएको छ । हिजो नै सो परीक्षाको नतीजा सार्वजनिक हुने भनिएपनि हिजोको आज मात्रै नतिजा प्रकाशन हुन लागेको बताइएको छ ।

Leave a Reply