एस.ई.ई. को नतिजा सार्वजनिक , भूतपूर्व सभासद शान्ता चौधरी ‘बी’ र नायिका करिष्मा मान्नधर ‘बी प्लस’ ग्रेड ल्याई उत्तीर्ण

0 Shares

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी , भक्तपुरले २०७५ चैत १० गतेबाट सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा आज अपरान्ह सार्वजनिक गरेको छ । सो बोर्डको बैठक बसेर सार्वजनिक गरिएको सो परीक्षाको नतिजा अनुसार १७,५८० जना विद्यार्थीहरुले  ३.६ देखि ४ जी.पी. ए. , ५१,१३७ जना विद्यार्थीहरुले   ३.२ देखि ३.६ जी.पी.ए. , ६३,७४१ जना विद्यार्थीहरुले २.८ देखि ३.२ जी.पी.ए. , ७६,५६४ जना विद्यार्थीहरुले २.४ देखि २.८ जी.पी.ए. ,  ९८,२०७ जना विद्यार्थीहरुले २ देखि २.४ जी.पी.ए. , ९५,३०७ जना विद्यार्थीहरुले १.६ देखि २ थी.पी.ए. र ४,४२१ जना विद्यार्थीहरुले ०.८ देखि १.६ सम्म जी.पी.ए प्राप्त गरेको जनाइएको छ ।

यो परीक्षामा भूतपूर्व सभासद शान्ता चौधरीले बी ग्रेड र नायिका करिष्मा मानन्धरले बी प्लस ग्रेड प्राप्त गरेका छन् । भूतपूर्व सभासद चौधरी र नायिका मानान्धरले आफूले प्राप्त गरेको नतिजा प्रति खुशी प्रकट गरेका छन् ।

दुई विषयसम्म अनुपस्थित या ग्रेड सी या सोभन्दा तलको ग्रेड बृद्धिका लागि सञ्चालन हुने परीक्षामा सहभागी हुन सक्ने छन् तर उक्त परीक्षाको तालिका भने पछि सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको भनाई छ । यो नतिजाप्रति चित्त नबुझेमा  सम्बन्धित विद्यार्थीले प्रति विषय रु.५०० तिरेर नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र प्रदेश परीक्षा निर्देशनालय  वा  जिल्ला शिक्षा विकास  तथा समन्वय इकाईमा आवेदन दिन सक्ने बताइयो ।

सरकारले शिक्षाको विकासको गफ गरे पनि  यो एस.ई.ई.को नतिजा पनि उत्साहजनक हुन सकेन । जसले धेरै अभिभावक र विद्यार्थीको लगानी बालुवामा मिसिएको पानी झैं भएको अनुभव   धेरैतिर गरिएको देखिएको छ ।

 

Leave a Reply