एस.ई.ई.को पूरक परीक्षा साउन २६ गतेबाट हुने

राष्ट्रिय परीक्षा बोर्ड , सानोठिमी , भक्तपुरले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को ग्रेड बृद्धिको लागि पूरक परीक्षा आउदो साउन २६ गतेदेखि सञ्चालन गर्ने भएको छ । उसद्वारा आज जारी गरिएको सूचनामा ग्रेड ‘सी’ वा सो भन्दा तलको ग्रेडको २ विषय सम्मको ग्रेड बृद्धिको लागि इच्छुक परीक्षार्थीहरु यो परीक्षामा सहभागी हुन सक्ने बताइएको छ । २०७५ सालको उक्त परीक्षामा २ विषयसम्म अनुपस्थित परीक्षार्थीहरु पनि सो परीक्षामा सहभागी हुन सक्ने जनाइएको छ ।