५औँ सेवा वर्ष प्रवेशको उपलक्ष्यमा नेफ्स्कूनका सीईओ सापकोटालाई नेफ्स्कून व्यवस्थापनद्वारा बधाई तथा शुभकामना प्रदान

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को व्यवस्थापन पक्षले हिजो सो संघको कार्यालय , नयाँबानेश्वर , काठमाडौंमा उक्त संघको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर ४ बर्ष सफल कार्य सम्पादन पाँचौँ सेवा वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि कार्य सफलताको लागि शुभकामना प्रदान गरेको  छ । त्यस कार्यक्रममा उक्त संघका नायव प्रमुख कार्यकारी अधिकृत र विभागीय प्रमुखहरु लगायतले उहाँलाई बधाई ज्ञापन गर्दै उहाँले नेफ्सकूनको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर सो संघको व्यवस्थापन सुदृढीकरण , राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध विस्तार , साकोस अभियानको विकास र प्रवर्द्धनको दिशामा पु-याउनु भएको योगदानको कदर गर्दै आगामी दिनमा समेत सो कार्यलाई थप उचाईमा पु-याउने दिशामा  महत्वपूर्ण योगदान रहन सकोस भनी कार्य सफलताको लागि उहाँलाई शुभकामना दिनु भयो । सापकोटा विगत १३ बर्षदेखि विभिन्न जिम्मेवारीमा रहेर नेफ्स्कूनमा निरन्तर कार्यरत हुुनुुुुहुन्छ

Leave a Reply