कोपा अमेरिका फुटबलमा चिली सेमीफाइनल प्रवेश
कोपा अमेरिका फुटबलको आज विहान कोलम्बिया र चिली बीच भएको क्वाटरफाइनल खेल निर्धारित तथा अतिरिक्त समयमा गोल हुन नसकेपछि पेनाल्टी सुट आउटमा टुंगियो । सो खेलमा ५-४ गोल अन्तरले विजयी भई चिली सेमिफाइनमा प्रवेश ग-यो । समूहको ‘बी’ मा सतप्रतिशत जीत निकालेर विजेता बनेको कोलम्बिया समूह ‘सी’ मा उप- विजेता बनेको डिफेण्डिङ्ग च्याम्पियन चिलीद्वारा पराजित भयो । यस अघि भएका क्वाटरफाइनल खेलमा ब्राजील र अर्जेन्टिना सेमीफाइनल प्रवेश गरी सकेका छन् ।
चिरपरिचित अर्जेन्टिना र ब्राजील तथा चिली र उरुग्वे तथा पेरू बीचको विजेता बीच सेमीफाइनल खेल हुनेछ ।