पेरुद्वारा उरुग्वे पराजित , कोपा अमेरिका फुटबलको सेमीफाइनल समीकरण पूरा

0 Shares

कोपा अमेरिका फुटबलको हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा उरुग्वेलाई पराजित गरी पेरु सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि दुबै टीमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरतर्फ धकिलिएको थियो । ट्राइबेकरमा पेरुले ५-४ गोल अन्तरले उरुग्लेलाई पराजीत भयो । उरुग्लेका स्टार लुइस स्वारेजले पाँचौँ पेनाल्टीमा गोल गर्न नसकेपछि उपाधिको दाबेदार उरुग्वे क्वाटरफाइनलबाटै घर फर्केको थियो ।

प्रतियोगिताको लिग चरणमा समुह ‘बी’ अन्तर्गत सतप्रतिशत जीतका साथ विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको कोलम्विया र समूह ‘सी’ को विजेता उरुग्वेको उपाधि यात्रा क्वाटरफाइनलमा टुंगियो । यसका साथै समूह ‘ए’ को उप-विजेता भेनेजुयला र समूह ‘बी’ मा तेस्रो बनेपनि क्वालिफाइड बनेको पाराग्वे पनि क्वाटरफाइनल चरणबाटै घर फर्केका छन् ।

प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको ब्राजिल

मात्रै लिग चरणमा समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको थियो । अर्जेन्टिना समूह ‘बी’ को र चिली समूह ‘सी’ को उप-विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेका थिए भने समूह ‘ए’ मा तेस्रो बनेर पनि क्वालिफाई बनेर पेरू प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको सेमिफाइन अन्तर्गत चिली र पेरु  बीच जुलाई ३ मा र आयोजक ब्राजिल र अर्जेन्टिना बीच जुलाई २ मख खेल हुनेछ ।

यस अघि लगातार यो प्रतियोगिताको उपाधि  विजेता बनेको चिलीको यस पटक पनि उपाधि जित्ने सम्भावना कायमै छ । यस अघि उक्त प्रतियोगितामा लगातार दुई पटक उप-विजेता बनेको सुपर स्टार फुटबलर लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना  लिग चरणका खेलमा कोलम्वियासँग पराजित भयो भने उसले पाराग्लेसँग १-१ गोलको बराबरी खेलेको थियो तर त्यसपछि लय फेरिएको अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरमा पराजित ग-यो भने क्वाटरफाइनलमा भेनेजुयलालाई पनि २-० गोल अन्तरले सजिलै पराजित गरेको थियो ।

Leave a Reply