काठमाडौं उपत्यका सहित ३ नं. प्रदेशका मुख्य शहरहरुमा साझा यातायातले विद्युतीय बस सञ्चालन गर्ने

0 Shares

साझा को-अपरेटिभ लि. को सहयोगमा सञ्चालनमा रहेको साझा यातायात , ३ नं. प्रदेश सरकार , काठमाडौं र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा काठमाडौं उपत्यकामा  ३० वटा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ ।

एक महिनासम्ममा ३० वटा बस खरिद गर्ने आफ्नो योजना रहेको साझा यातायातले जनाएको छ ।

३ नं. प्रदेश  सरकार , काठमाडौं र ललितपुर महानगरपालिका र साझा यातायातबीच हिजो काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सहमती  भएको हो । विद्युतीय बस खरिदका लागि  ३ नं. प्रदेश सरकारले रु. ३० करोड , काठमाडौं महानगरपालिकाले रु. १० करोड , ललितपुर महानगरपालिकाले रु.२ करोड ५० लाख र साझा यातायातले रु. २ करोड ५० लाख लगानी गर्ने बताइएको छ । काठमाडौंका बुढानिलकण्ठ र टोखा नगरपालिका तथा ललितपुरको गोदाबारी र महालक्ष्मी नगरपालिकाले पनि यसमा लगानी गर्ने इच्छा व्यक्त गरेको बुझिएको छ । काठमाडौं उपत्यकाका साथै काठमाडौं- काभ्रे र काठमाडौं – बागलुङ्गमा बसहरु सञ्चालन गरिरहेको साझा यातायातले सञ्चालनमा ल्याउन लागेको विद्युतीय बसहरु  काठमाडौं उपत्यकाका साथै  ३ नं. प्रदेशका नारायणगढ , हेटौडा सहितका मुख्य शहरमा सञ्चालन गर्ने साझा यातायातको योजना रहेको बताइएको छ । विद्युतीय बस चार्जिङका लागि भने साझा यातायातले नेपाल विद्युत प्राधिकरतसँग छलफल गरिरहेको बुझिएको छ ।

 

 

 

 

 

 

 

 

 

Leave a Reply