ब्राजिल कोपा अमेरिका फुटबलको फाइनल प्रवेश , रेफ्रीप्रति मेसीले गरे आलोचना

0 Shares

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको पहिलो सेमीफाइनल खेलमा २-० गोल अन्तरले अर्जेन्टिनालाई पराजित गरी आयोजक ब्राजिल फाइनल प्रवेश गरेको छ । नेपाली समय अनुसार आज विहान सम्पन्न खेलमा ब्राजिलका लागि ग्रावियल जेसिसले १९औँ र रोवर्टो फिरमिनोले ७१औँ मिनेटमा गोल गरेका थिए । भोलि हुने चिली र पेरु बीचको सेमीफाइनल खेलको विजेतासँग ब्राजिलले फाइनल खेल खेल्नेछ । यो प्रतियोगिताको अहिलेसम्म खेलेका कुनै पनि खेलमा ब्राजिल पराजित भएको छैन ।

स्पेनिस क्लव बार्सिलोनाका लागि सबै थोक जितेका लियोनल मेसी आफ्नो देश अर्जेन्टिनाको आजको पराजयमा पुन: दु:खी भए । उनको आफ्नै कप्तानीमा रहेको अर्जेन्टिना सन् २०१४ को विश्वकप तथा सन् २०१६ र २०१७ को कोपा अमेरिका फुटबलको फाइनलमा पराजित हुँदा उनी साह्रै भावुक बनेका थिए , जो आज आफ्नो देश अर्जेन्टिना पराजीत हुँदा साह्रै दु:खी बनेका दिए । आफ्नो देशका लागि राम्रो गर्न नसकेको भनेर आलोचना खेपिरहेका मेसी यस प्रतियोगिता जित्ने  योजनामा थिए तर उनी आफ्नो योजनामा यस पटक फेरि असफल भए ।

संयोग नै मान्नुपर्छ मेसीको जन्मथलो नजिकै जन्मेका विश्व कम्युनिष्ट आन्दोलनका एक हस्ती अर्नेष्टो चे ग्वेभारा जसरी अर्जेन्टिना बाहिर राजनीति क्षेत्रमा कर्म गरेर श्रमिक वर्गमा प्रिय र महान नेता बने त्यसैगरी फुटबल जगतमा लियोनल मेसी पनि अर्जेन्टिना बाहिर फुटबल खेलेर लोकप्रिय र महान फुटबलर बने । देश बाहिर सफल फुटबलर मेसी आफ्नो देशका लागि असफल बन्नु पर्दाको पीडा भोगिरहेको महसुस गरेर आज आफू नेतृत्वको टिम कोपा अमेरिका फुटबलको सेमिफाईनलमा पराजित हुँदा दु:खी बनिरहँदा उनलाई अर्जेन्टिनी फुटबरका कोच तथा कर्मचारी लगायतले सान्त्वना दिएका थिए ।

आफ्नो देश पराजय हुँदा दु:खी बनेका मेसीले रेफ्रीको आलोचना गरे । ब्राजिलले गरेको दोस्रो गोल हुनु अगावै ब्राजिलियन खेलाडी ग्रावियल जेसिसले आफ्नो टिमका खेलाडी सर्जियो अग्युरोलाई फल गरेर लडाएपनि रेफ्रीले त्यसप्रति वास्ता नगरी ब्राजिलको पक्ष लिएको र खेलमा रेफ्रीले अनावश्यक कार्ड देखाएको मेसीको भनाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply