काठमाडौं महानगरपालिका र सिस्डोलबासी बीच सम्झौता , एक सातादेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर आजबाट उठ्ने
काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोल डम्पिङ्साइड आसपासका स्थानीयबासी बीच स्थानीयबासीहरुले उठाउदै आएको सो डम्पिङ्साइड प्रभावित क्षेत्रका जनतालाई प्रदान गरिदै आएको क्षतिपूर्ति रकममा थप गर्ने र प्रभावित क्षेत्रमा थप जग्गा अधिग्रहण गर्ने विषयमा काठमाडौं महानगरपालिका सहमत भएपछि हिजो सम्झौता भएको छ । जसका कारण काठमाडौंका सडकमा एकसातादेखि थुप्रिएको फोहोर आजबाट उठ्ने भएको छ । सडकमा फोहोर थुप्रिदै गएपछि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको विरोध भइरहेको थियो भने सिसडोलका स्थानीय बासीहरुले पनि फोहोर फाल्न गएका ट्रकहरुलाई अवरोध पु-याइरहेका थिए । जसका कारण प्रहरी र स्थानीयबासीहरु बीच झडप समेत भएको थियो ।
हिजो भएको सो सम्झौता अनुसार दुबै पक्षका प्रतिनिधि रहेको ६ सदस्यीय कार्यदल बन्ने र उक्त कार्यदलको सिफारिस अनुरुप सो सम्झौतामा उल्लेखित बुँदा कार्यान्वयन गरिने बताइएको छ ।