भारतको पुनेमा पर्खाल भत्किदा १७ जनाको ज्यान गयो
भारतको पुने शहरको कोन्ढवा इलाकामा भारी बर्षातका कारण ५० फिट अग्लो पर्खाल भत्किएर किच्दा ११ जना पुरुष , २ जना महिला र ४ जना वालवालिकाको मृत्यु भएको छ। शनिबार बिहान साढे १ बजेतिर भत्केको सो पहिरोमा पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको बताइएको छ । पर्खालको भग्नवाशेषमा परी अझैं केही मानिसहरु पुरिएको आशंकामा उनीहरुको खोजतलास जारी रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।