प्रहरी समायोजनको क्रममा तह बडुवा गरिए अफ्ठ्यारो पर्छ : गृह सचिव राई , सैद्धान्तिक विषयमा कुरा मिल्ना साथ समायोजनको सबै काम सकिन्छ : प्रहरी महानिरीक्षक : खनाल

नेपाल सरकार , गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न सकिदैन , यदी त्यसो गरियो भने अफ्ठ्यारो पर्ने आज बसेको संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बताउनुभयो । सो बैठकमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायल उपरीक्षक (D.S.P.) भन्दा माथिका पद केन्द्र मातहत र त्यसभन्दा मुनिका पदलाई प्रदेश मातहत रहने गरी समायोजनको प्रारम्भिक प्रस्ताव तयार गरिएको बताउनु भएको छ ।
‘देशको संघीय संरचना अनुरुप प्रदेशको अभ्यास गरिरहेका छौँ । प्रहरी समायोजनको आधार तयार भएपनि सैद्धान्तिक विषय मिली नसकेकोले प्रहरी समायोजनले गति लिन सकेको छैन , सैद्धान्तिक विषयमा कुरा मिल्न साथ समायोजनको सबै काम सकिने’ उहाँको भनाई थियो । कुन प्रदेशमा कति जनशक्ति चाहिन्छ भन्ने प्रारम्भिक तथ्यांक तयार पारिएको छ र २६ हजार प्रहरी जनशक्तिलाई प्रदेशमा पठाइएको उहाँको कथन थियो ।