ब्राजिल र पेरु कोपा अमेरिका फुटबलको फाइनलमा भिड्ने

0 Shares

नेपाली समय अनुसार आज विहान सम्पन्न कोपा अमेरिका फुटबलको दोस्रो सेमीफाइनल खेलमा ३-० गोल अन्तरले डिफेण्डिङ्ग च्याम्पियन चिलीलाई पराजित गरी पेरु फाइनल प्रवेश गरेको छ । पोर्टो एलेग्रेमा सम्पन्न सो खेलमा एडिसन फ्लोरेसले २१औँ , योसिमार युटनले ३८ औँ र इन्जुरी समयमा जोसो पाओलो गोल गरी पेरुको आयोजक ब्राजिलसँग फाइनलमा भेट पक्का गरे । आउदो आइतबार रियो द जेनेरियो स्थित माराकाना रंगशालामा ब्राजिल र पेरू बीच फाइनल खेल हुनेछ । कोपा अमेरिका फुटबलको समूह ‘ए’ मा ब्राजिल र पेरुले लिग खेल खेलेका दिए । ब्राजिल सो समूहको विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको थियो भने सो समूहमा ब्राजिलसँग पराजित पेरू तेस्रो भएर क्वालिफाई भई समूह चरण प्रवेश गरेको थियो ।

कोपा अमेरिका फुटबलको यस अघिका दुई प्रतियोगितामा विजेता र उप-विजेता बनेका चिली र अर्जेन्टिना सेमीफाइनल मै रोकिए । आज विहान पेरुसँगको पराजित भएपछि चिलीको कोपा अमेरिका फुटबलको ह्याट्रिक गर्ने  योजनामा पूर्णविराम लागेको छ ।

 

Leave a Reply