राष्ट्रिय सहकारी महासंघ लि. को आयोजनामा २ दिने व्यवसायिक तर्जुमा कार्यशाला गोष्ठि हिजो भयो सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लि. , नेपालको आयोजनामा २ दिवसीय व्यवसायिक योजना तर्जुमा कार्यशाला गोष्ठि हिजो काभ्रेपलाञ्चोक जिल्ला सदरमुकाम धुलिखेलमा सम्पन्न भयो । सो महासंघका अध्यक्ष केशवप्रसाद बडालले असार १७ गते उद्घाटन गर्नु भएको उक्त गोष्ठिमा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालको वर्तमान अवस्था र भावी योजनाको विषयमा छलफल भएको जनाइएको छ ।
गोष्ठिमा राष्ट्रिय सहकारी महासंघका पदाधिकारी , संचालक , लेखा समिति तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यशाला गोष्ठिको सहजीकरण सहकारी क्षक्षेत्रका विद्वान जनक शाहले गर्नुभएको थियो । त्यस अवसरमा उक्त महासंघकी का.मु. महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले राष्ट्रिय सहकारी महासंघको वर्तमान अवस्था र तथा भावी योजनाको विषय प्रस्तुती गर्नुभयो ।