२-१ गोल अन्तरले चिलीलाई हराउदै अर्जेन्टिना कोपा अमेरिका फुटबलमा भयो तेस्रो , खेल जीवनमा मेसीलाई दोस्रो पटक रातो कार्ड

कोपा अमेरिका फुटबल २०१९को तेस्रो स्थानका लागि नेपाली समय अनुसार आज विहान ब्राजिलको साओ पाउलोमा सम्पन्न अर्जेन्टिना र चिली बीचको खेलमा २-१ गोल अन्तरले अर्जेन्टिना विजयी भई अर्जेन्टिना तेस्रो भएको छ । सर्जियो अग्युरो र पाउलो डिवालाले अर्जेन्टिनाका लागि १ , १ गोरेका थिए भने चिलीका लागि अर्टुरो भिडालले दोस्रो हाफमा पेनाल्टीमा १ गोल गरेका थिए ।
सो प्रतियोगितामा चिलीका खेलाडी ग्यागारो मेडेल सँग विवाद हुँदा अर्जेन्टिनाका कप्तान लियोनल मेसी र मेडेल दुबैलाई रेफ्रीले रातो कार्ड दिएका थिए । सन् २००५ मा डेव्यु गर्दा ताका पहिलो पटक रातो कार्ड पाएका मेसीले सम्पूर्ण खेल जीवनमा यो दोस्रो रातो पाएका हुन् ।