राष्ट्रिय सहकारी महासंघ लि. को महाप्रवन्धकमा चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा नियुक्त

0 Shares

सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि. को महाप्रवन्धक पदमा चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा नियुक्त हुनुभएको छ । हिजो बसेको राष्ट्रिय सहकारी महासंघ लि. को बोर्ड बैठकले उहाँलाई महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस अघि सो महासंघको का.मु. महाप्रवन्धकको जिम्मेवारीमा कार्यरत उहाँ सहकारी अभियानमा विगत २ दशकदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । काठमाडौंको सेतीओपी मार्ग , कोटेश्वरमा आफ्नै भवनबाप सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि. को समेत अध्यक्ष रहनु भएकी मृदुभाषी , सिर्जनशील र सक्रिय सुब्बा राष्ट्रिय सहकारी महासंघ लि. को पहिलो महिला महाप्रवन्धक बन्नु भएको छ ।

उक्त महासंघको महाप्रवन्धकको जिम्मेवारी सम्हालेपछि उहाँले आफू सदैब सहकारी अभियानको पक्षमा क्रियाशील रही सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग बनाउन पहल र प्रयत्न गरिरहने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघ लि. को महाप्रवन्धकमा नियुक्त भएपछि उहाँलाई सो महासंघका अध्यक्ष केशबप्रसाद बडाल सहितका  पदाधिकारी , सञ्चालक , लेखा समिति  तथा कर्मचारीहरु लगायतले बधाई दिदै कार्यकाल सफलताको लागि शुभकामना दिनुभएको थियो ।

Leave a Reply