भक्तपुरको दूधपाटी केन्द्रविन्दु भएर ५५ मिनेट अगाडि गयो भूकम्प

आज अपरान्ह ४:१५ बजे काठमाडौं उपत्यकामा भूकम्प गएको छ । भक्तपुरको दूधपाटी केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । काठमाडौं र काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।