नेपाल विद्यार्थी संघको तदर्थ समितिको टुङ्गो असार २२ गते बस्ने नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठकले लगाउछ : उप-सभापति निधि

नेपाली काँग्रेसका उप-सभापति तथा पूर्व मन्त्री विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको तदर्थ समितिको टुंगो यही असार २२ गते बस्ने नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकले लगाउने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले ‘नेपाली काँग्रेसको महासमिति र केन्द्रीय कार्य समिति बैठले काँग्रेसभित्रको समस्या समाधान गरेकोले नेपाली काँग्रेसमा कुनै गुटबन्दी छैन । नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसको कसैले आफ्नो धारणा बाहिर आउदैमा त्यसलाई गुटबन्दी भनेर बुझ्न हुदैन भन्नुभयो ।
त्यस अवसरमा उहाँले सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिबन्दप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले बार्ता र संवाद मार्फत समस्याको समााधान खोजी सो दललाई राजनीतिक मूलधारमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।