नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कोमा छ : पूर्व मन्त्री कार्की

0 Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व मन्त्री सुरेन्द्रकुमार कार्कीले वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोमामा रहेको बताउनुभएको छ । संघीय राजधानीबाट प्रशारण हुने एक रेडियोसँग आज विहान कुरा गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो । त्यस क्रममा उहाँले बर्तमान सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्नु हुँदै सरकार ठीक ढंगले अघि नबढे दुर्घटना निम्तिने खतरा औंल्याउनु भयो ।

यता पूर्व नयाँ शक्ति पार्टीका असन्तुष्ट देवेन्द्र पराजुली , कल्पना धमला , मनु हुमागाई लगायतका केही नेता- कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेशको तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।

हिजो मात्रै गण्डकी प्रदेशका स्वतन्त्र सभासद तथा गुण्डा नाइकै राजीव गुरुङ्ग उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले स्वागत सत्कार गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गराउनु भएको थियो।

गुरुङ्ग सो दलमा प्रवेश गरेसँगै गण्डकी प्रदेशमा उक्त दलको दुई तिहाई बहुमत पुगेको बताइएको छ । पूर्व नेकपा (एमाले) को सहयोगमा मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभासद बनेका गुरुङ्गको प्रवेशसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टिका स्वर सुनिए पनि जानकारहरु त्यसलाई  नौलो विषय मान्न तयार देखिएका छैनन् भने उनलाई उक्त दलले गण्डकी प्रदेशमा पार्टी जिम्मेवारी दिने बताएको छ।

Leave a Reply