नेफ्स्कून कलंकी फिल्ड कार्यालयले ग-यो साकोसँग नेफ्स्कून विषयक अन्तर्क्रिया कार्यक्रम

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्सकून) कलंकी फिल्ड कार्यालयको आयोजनामा यही असार १३ गते काठमाडौंको कलंकीमा ‘ साकोससँग नेफ्स्कून ‘ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । नेफ्स्कूनका सञ्चालक तथा कंलकी फिल्ड कार्यालय सञ्चालन उप-समिति संयोजक एवम् काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) का अध्यक्ष दीपक पनेरुको अध्यक्षतामा सम्पन्न अन्तर्क्रियामा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले सम्पत्ति शुद्धीकरण कार्यविधि, स्थीरीकरण कोष सञ्चालन विधि , कोपोमिसको प्रयोग , साकोस एकीकरण , सहकारी ऐन तथा नियमावलीको परिपालना लगायतका विषयमा आफ्नो विचार व्यक्त गर्नुभयो । सो अवसरमा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले कवर्स , प्रोवेशन र एक्सेसमा आवद्ध जस्ता नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रमहरूमा आवद्ध भई प्रत्येक सहकारीले आफ्नो स्व-मुल्याङ्ककन र जोखिम न्यूनिकरण गर्न सक्षम हुने भएकोले ती कार्यक्रमहरुमा अनिवार्य आवद्ध हुन आह्वान गर्नुभयो । त्यसैगरी नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले एक/ दुई वटा सहकारीले बदमासीका गर्दा समग्र सहकारी क्षेत्र प्रभावित हुने भएकोले प्रत्येक साकोसले नीति , विधि र प्रविधिमा आधारित रहेर सञ्चालन हुन र सहकारी ऐन , २०७४ तथा सहकारी नियमावली , २०७५ को पूर्ण परिपालना गर्नु पर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले नेफ्स्कूनको सेवा विस्तार, स्थीरीकरण कोष सञ्चालन , सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ सम्बन्धी विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।
सो अन्तर्क्रिया कार्यक्रमको सहजीकरण नेफ्सकूनका प्राचार्य सञ्जयराज तिमिल्सिनाले गर्नु भएको थियो । सिटिजन लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पाण्डे र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले उक्त अन्तर्क्रिया कार्यक्रममा सहभागी साकोसकर्मीहरुको जिज्ञाशाको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक नानीकाजी शाक्य , नेफ्सकून कलंकी फिल्ड कार्यालय सञ्चालन उप-समिति पदाधिकारी तथा सदस्यहरु , कास्कूनका पदाधिकारीहरु तथा ९० वटा बचत तथा ऋण सहकारी संस्था लि. का १४५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।