पाए ९९ स्वास्थ्य संस्थाहरुले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमती

0 Shares

नेपाल सरकार , श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीको शिलशिलामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनको लागि २०७५ चैत १८ गते आवेदन माग गरे बमोजिम सो मन्त्रालयमा आवेदन दिएका २९० वटा स्वास्थ्य संस्थाहरुमध्ये ९९ वटा स्वास्थ्य संस्थाहरुलाई उक्त मन्त्रालयले स्वीकृती दिएको जनाएको छ । प्राविधिक सहितको विशेषज्ञ टोलीले स्थलगत अध्ययन गरी बुझाएको प्रतिवेदनको आधारमा मापदण्ड पूरा गरेका ९९ वटा स्वास्थ्य संस्थाहरुलाई मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वीकृत दिएको उक्त मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।  बाँकी १३८ वटा स्वास्थ्य संस्थाले भने मलेसिया सरकारले तय गरेको मापदण्ड पूरा नगरेकोले  तिनीहरुको प्रस्ताव स्वीकृत नगर्न सो विशेषज्ञ टोलीले सिफारिस गरे बमोजिम ती संस्थाहरुलाई  मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने  स्वीकृती नदिइएको बताइएको छ ।

 

 

Leave a Reply