नेपाल सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलको बिषादी परीक्षण स्थगितको विरोधमा ने.वि. संघले निकाल्यो मसाल जुलुस

0 Shares

भारतबाट आयत गरिने तरकारी तथा फलफुलको विषादी परीक्षण रोक्न काठमाडौंको लेनचौरस्थित भारतीय दूताबासले पत्र पठाएपछि नेपाल सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफुलको विषादी परीक्षण स्थगित गरिएको विरोधमा ने.वि. संघले आज काठमाडौंको बालाजूमा मसार जुलुस निकाल्यो । सो मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो । उक्त मसाल जुलुसमग सहभागी ने.वि. संघका भूतपूर्व केन्द्रीय सदस्य सुशील भट्टका साथै  निरन्जन थापा, पवन थापा , सुबाश घिमिरे , सुदीप अधिकारी , बिजय ढुङ्गना , मनोज राना , सौरभ घिमिरे , सन्देश पन्त , सुशील ढकाल , प्रदीपजङ्ग शाह , अमृत लामिछाने , उत्सव अवस्थी र अनिल महर्जनलाई प्रहरीले प्रकाउ गरेको थियो ।

यसअघि नेविसंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको थियो भने यस अघि पनि काठमाडौंमा यसै विषयको विरोध गरी मसाल जुलुस निकालेको थियो ।

Leave a Reply