सिटिजन बैंक इन्टरनेशनल लि. ले सहयोगी विकास बैंक लि. लाई प्राप्त गर्ने भयो सहमती

0 Shares

नेपाल राष्ट्र बैकबाट ‘ क’ वर्गको इजाजत प्राप्त सिटिजन बैंक इन्टरनेशनल लि. ले नेपाल राष्ट्र बैंक बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त सहयोगी विकास बैंक लि. लाई प्राप्त गर्ने गरी प्रारम्भिक समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।  यही असार २२ गते सिटिजन बैंक इन्टरनेशनल लि. को मुख्य कार्यालय नारायणहिटी पथ , काठमाडौंमा  आयोजित कार्यक्रममा सिटिजन बैंक इन्टरनेशनल लि. का सञ्चालक तथा मर्जर एवम् प्राप्ती समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकास बैंक लि. का सञ्चालक तथा मर्जर एवम् प्राप्ती समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गर्नु भएको सिटिजन बैंक इन्टरनेशनल लि. का प्रमुख प्रशासकीय अधिकृत उमेश शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

२०७६ आसार २१ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन बैंक इन्टरनेशनल लि. ले सहयोगी विकास बैंक लि. लाई प्राप्त गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु. ७५ अरव  ३८ करोड , सर्वसाधारणलाई प्रदान गरेको ऋण लगानी रु. ६८ अरब ४७ करोड पुग्ने छ भने ‘देशभर उसका ९५ वटा शाखा , ८० वटा एटीएम र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ५ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ण सेवा प्रदान गर्ने बताइएको छ । सहयोगी विकास बैंक लि. का सिन्धुली , महोत्तरी र धनुषामा जिल्ला १४ शाखा र सिटिजन बैंक इन्टरनेशनल लि. का ९ वटा शाखा सञ्चालनमा छन् । मर्जरपछि सो बैंकका त्यहाँ २३ वटा शाखाहरु सञ्चालनमा आउनेछन् भने सहयोगी विकास बैंक लि. ले प्रारम्भिक सहमती अनुसार एक कित्ता बराबर ९० रुपैया पाउनेछ तथापि वास्तविक शेयर स्वाप रेसियो विस्तृत मुल्यांकन प्रतिवेदन (Due Diligence Audit) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमती भएको बताइएको छ । हालको सिटिजन बैंक इन्टरनेशनल लि. को चुक्ता पूँजी रु. ८ अरब ३७ करोड र सहयोगी विकास बैंक लि. चुक्ता पूँजी रु. ५० करोड ९६ लाख रहेको जनाइएको छ ।

Leave a Reply