कोपा अमेरिका फुटबल -२०१९ को उपाधि जित्यो ब्राजिलले , अर्जेन्टिनका कप्तान लियोनल मेसीलाई २ वर्षको प्रतिबन्ध !

0 Shares

कोपा अमेरिका फुटबल -२०१९ को उपाधि आयोजक ब्राजिलले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा हिजो भएको ब्राजिल र पेरु बीचको फाइनल खेलमा ब्राजिलले ३-१ गोल अन्तरले पेरुलाई हराएर १२ बर्ष यता कोपा अमेरिका फुटबलको विजेता बनेको हो । ब्राजिलका लागि ग्रावियल जेसिस , एभरटन र रिचार्लिसनले १/१ गोल गरे भने पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट १ गोल गरेका थिए ।

ब्राजिलका लागि १ गोल गर्नुका साथै अर्को एक गोलको लागि सहयोग गरेका जिसस खेल चलिरहदा दोहोरो पहेलो कार्ड पाएर मैदान छाड्न बाध्य भएका थिए ।

सोही प्रतियोगिता अन्तर्गत ब्राजिल र अर्जेन्टिना वीच भएको सेमीफाइनल खेलमा उनै ग्रावियल जेसिसले अर्जेन्टिनाका सर्जियो अग्युरोलाई फल गरेर लडाउदा रेफ्रीले बेवास्ता गरेको विषयलाई लिएर अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विरोध गरेका थिए । उनले ब्राजिललाई जिताउन भ्रष्टाचार भएको बताएका थिए ।

उक्त प्रतियोगितामा अर्जेेेेन्टिना २-१ गोल अन्तरले चिलीलाई पराजित गरी तेस्रो हुँदा मेसीले कास्य पदक लिन अस्वीकार गरेका थिए । त्यसबेला उनले ब्राजिल र पेरु बीचको खेल निष्पक्ष हुनेमा समेत आशंका व्यक्त गरेका थिए ।

त्यस प्रतियोगितामा अर्जेन्टिना र चिली बीच तेस्रो स्थानको लागि खेल चलिरहदा गोल लाइन नजिकै चिलीका खेलाडी मेडेल र अर्जेन्टिनी कप्तान मेसी बीच विवाद भएको विषयलाई लिएर मेसी र मेडेललाई रेफ्रीले रातो कार्ड दिएका थिए तर टिभी फोकस हेर्दा त्यसमा मेसीको गल्ती देखिदैन

। खेलमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका मेसीले आक्रोस र निराशा प्रकट गरेका थिए ।

यसेवीच अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कोलोनीले सो प्रतियोगिता अन्तर्गत अर्जेन्टिना र चिली बीचको खेलमा रेफ्रीले मेसीलाई रातो कार्ड दिएकोमा विरोध गरेका छन् । विजेता बन्नु पर्ने आफ्नो टोली कास्य पदकमा चित्त बुझाउनु परेको भनेर उनले चित्त दुखाएका दिए ।

उता खेल अनुशासन उलङ्घन गरी जथाभावी बोलेको भन्दै दक्षिण अमेरिकी फुटबल महासंघले अर्जेन्टिनी कप्तान मेसीलाई दुई वर्षको प्रतिबन्धको तयारी गरेको सञ्चार माध्यमहरुले बताएका छन् ।

यता फ्रान्सको लियोनमा हिजो सम्पन्न महिला विश्वकप फुटबलको फाइनल खेलमा अमेरिकाले नेदरल्याण्डलाई पराजित गरी उपाधि विजेता बनेको छ ।

 

Leave a Reply