असारे विकास कार्य तिब्र गतिमा हुदै , व्यवस्था फेरिए पनि थिति फेरिएन

0 Shares

विगतका वर्षहरुमा झैं यस वर्ष पनि असारे विकास कार्य तिव्र गतिमा भइरहेको छ । सम्पूर्ण विकास  वजेटको करिव ५५ प्रतिशत हाराहारीमा मात्रै यस बेलासम्म खर्च भएको सरकारी अधिकारीहरु स्वीकार गर्छन् । आर्थिक वर्षको अन्त हुनै लाग्दा  खर्च गर्न नसकेर फ्रिज हुन लागेको बजेट खर्च गर्ने उद्देश्यले विकास निर्माणका कार्यले तीव्रता पाइरहेको देखिन्छ । वर्षातका वीच हतारमा गरिएको यस्तो कार्य टिकाउयुक्त हुने गरेको छैन । यो केवल जनताको आँखामा छारो हाल्ने र बजेट पचाउने प्रपञ्च मात्रै भएको जानकारहरु बताउछन् ।

नेपालको संविधान , २०७२ ले नेपाल सरकारले जेठ १५ गतेसम्ममा संघीय संसदमा र असार १ गतेसम्ममा प्रदेश सरकारले प्रदेशसभामा बजेट पेश गरी सक्ने स्पष्ट व्यवस्था गरिएको छ । संविधानले तय गरेको समयसीमा भित्र तीनै तहका सरकारले बजेट पारित गरे पनि त्यसपछि कानमा तेल हालेर बस्ने परम्पराका कारण सम्बन्धित क्षेत्रमा छुट्याएको विकास बजेट समयमा राम्रोसँग उपयोग नहुने र आर्थिक वर्षको अन्ततिर गरिएका विकासे काम पनि झारा टार्ने हिसावले गरिदै आएकाले नागरिकमा उत्साह होइन निराशा छाएको छ । जनताको आन्दोलनले पटक -पटक व्यवस्था फेरिएपनि थिति नफेरिदा धेरैको मुखबाट जुन जोगी आए नि कानै चिरेको भन्ने सुन्ने गरिएको छ । थिति र परम्परा नबदलिने हो भने वर्तमान ओली सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारा केवल नारा मै सिमित हुने देखिन्छ ।

Leave a Reply