भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को छैटौँ त्रिवर्षीय व्यवसायिक योजना निर्माण कार्यक्रम सम्पन्न

0 Shares

२०७६ असार २० र २१ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २ दिवसीय त्रिबर्षीय व्यवसायिक योजना निर्माण कार्यक्रम होटल चौतारी, नगरकोट , भक्तपुरमा सम्पन्न भयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले आत्मनिर्भर संघको परिचय बोकेको यस भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो स्थापनाकालदेखि व्यवसायिक योजना बनाउदै प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । पाँचौं त्रिबर्षीय व्यवसायिक योजनाको समीक्षा र छैटौं व्यवसायिक योजनाको निर्माणको सो कार्यक्रममा उक्त संघका नि:र्वतमान अध्यक्ष राधेश्याम सुवालले व्यवसायिक योजनाले संघ कहाँ र कसरी पुग्ने भन्ने रोडम्याप प्रदान गर्ने भएकोले व्यवसायिक योजनाको धेरै महत्व रहेको बताउनुभयो । कार्यक्रममा उक्त संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले यस संघले तय गरेको व्यवसायिक योजनालाई सफल बनाउन यस संंघको समिति , उप-समिति र कर्मचारीको महत्वपूर्ण योगदान रहने विचार व्यक्त गर्नभयो । कार्ययक्रममा सो संघका उपाध्यक्ष हरि बलले स्वगत मन्तव्य व्यक्त गर्दै त्यस संंघको पाँचौ त्रिवर्षीय योजनाको समिक्षा प्रस्तुत गर्नुभयो । त्यस अवसरमा उक्त संघका सचिव जगनाथ प्रजापतीले  सो संघको विद्यमान नीतिहरुको समीक्षा गर्दै हाल परिमार्जित नीतिको बारेमा प्रस्तुतीकरण गर्नुभयो भने त्यस संघका कोषाध्यक्ष कान्छाभक्त घजुले छैंटौँ त्रिबर्षीय व्यवसायिक योजनाको खाँका प्रस्तुत गर्दै बार्षिक बजेट तथा कार्यक्रमको मस्यौदा समेत पेश गर्नुभयो । उक्त प्रस्तुतीकरणमा सामूहिक छलफल मार्फत सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा उक्त संघको समिति, उप-समिति र उच्चस्तरीय कर्मचारीहरु गरी २८ जनाको सहभागिता रहेको  थियो । उक्त कार्यक्रम मार्फत संघको परिकल्पना “दिगो सहकारी विकासको लागि संघ“ तय गरियो । त्यस अवसरमा ध्येय र उद्देश्यहरु तय गरी तीन बर्षको लागि बजेट तथा कार्यक्रम समेत निर्माण गरिएको थियो ।

Leave a Reply