सामूहिक साकोस , भक्तपुरले ग-यो ५ वर्षे रणनीतिक योजना निर्माण कार्यशाला

0 Shares

सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.,भक्तपुरको आयोजनमा २०७६ असार २१ र २२ गते ५ बर्षे रणनीतिक  व्यवसायिक योजना कार्यशाला रत्नागिरी रिसोर्ट नगरकोट , भक्तपुरमा सम्पन्न भएको छ ।
सो संस्थाले आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०८०/०८१ सम्मको ५ बर्षे रणनीतिक ब्यवसायिक योजना निर्माण गरेको हो ।  उक्त संस्थाका सञ्चालक समिति , उप-समिति , सल्लाहकार , सक्रिय शेयर सदस्य तथा उच्च ब्यवस्थापनका कर्मचारीहरु गरी ३३ जनाको सहभागितामा साकोसले उक्त योजना तय गरेको हो । सो संंस्थाले  “सक्षम , गुणस्तरीय प्रतिस्पर्धी साकोस” को परिकल्पना अनुरुप भक्तपुर जिल्लाकै नमुना साकोस बनाउने सोचका साथ आर्थिक वर्ष २०८०/०८१ सम्ममा सदस्य संख्या १५,००० जना , बचत रु. १ अर्ब १५ करोड , ऋण लगानी रु. १ अर्ब ३० करोड र कुल कारोबार रु. १ अरब ५० करोड पु-याउने योजना तय गरेको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद दुवालको अध्यक्षतामा भएको    कार्यशालाको नेफ्स्कूनका भूतपूर्व तालिम अधिकृत एवं संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले  सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply