मनसुन सक्रिय भएर वर्षात भएसँगै किसानलाई धान रोपाईको चटारो
मनसुन सक्रिय भएर बर्षात भएका कारण काठमाडौं उपत्यका सहितका कतिपय भू-भागमा किसानलाई धान रोप्ने चटारो बढेको छ ।


बिगतका वर्षहरुमाभन्दा यसपाली ढिलो मनसुन भित्रिएकाले किसानहरुले समयमा धान रोप्न पाएनन् । खडेरीले गर्दा धेरैको खेतमा बीऊ सुकेको खबर छ । धेरै खेतहरुमा अझै रोपाई हुन सकेको छैन ।
