१३औँ साग खेलकुद सम्पन्न गर्ने चूनौति पूरा गर्ने : सदस्य सचिव रमेश सिलवाल

0 Shares

राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले ४ महिना पछि हुनुपर्ने १३ साग खेलकुद प्रतियोगिता सम्पन्न गर्ने चुनौति पूरा गरेरै छाड्ने बताउनु भएको छ । हिजो नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले रिक्त रहेको राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा नियुक्त गरी सफथ खुवाए लगत्तै पदभार सम्हालेपछि उहाँले सो कुरा बताउनु भएको थियो ।

तयारी पूरा नभएको भन्दै ४ पटकसम्म १३औँ साग खेलकुद प्रतियोगिताको समय सर्दै आएको थियो ।

यो प्रतियोगिता हुन बाँकी ४ महिनामध्ये २ महिना वर्षातको समय भएकोले बाँकी २ महिना मात्रै समय बाँकी भएपनि यो अभिभारा पूरा गर्ने र अघिल्ला सदस्य सचिवले अगाडि बढाएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो ।

राष्ट्रिय खेलकुद परिषदका १८ औँ सदस्य सचिव सिलवालले पदभार ग्रहण गर्नुभन्दा अगाडि कुस्ती संघमा विवाद देखिएको छ । केशवकुमार बिष्ट यही असार ९ गते ४ वर्षे पदाबधि सकिएर राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको जिम्मेवारीबाट बाहिरिएको अघिल्लो दिन नयाँ कुस्ती संघ बनाएसँगै त्यस कुस्ती संघको अर्को पक्षले त्यसलाई अस्वीकार गरेको छ ।

सदस्य सचिव सिलवालका अगाडि यो र यस्ता समस्याहरुको थुप्रो खडा छ । खेलकुद क्षेत्रका विद्यमान समस्याहरुको समाधान गर्ने तिर उहाँ लाग्नु हुन्छ कि हुन्न र खेलकुद क्षेत्रको विकासमा उहाँको भूमिका के रहन्छ ? त्यसले नै उहाँको सफलता या असफलता निर्क्योल  गर्नेछ ।

Leave a Reply