मौसम देशभर सक्रिय भएपनि भारी वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाको भनाई

देशका धेरै स्थानमा गएराती पनि वर्षा भएको छ तर यो वितेका दुई/तीन दिनको तुलनामा सामान्य रहेको बताइएको छ । देशभर मौसम सक्रिय रहेपनि ठूलो वर्षा भने नहुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । गएको विहीवारदेखि परेको अविरल वर्षाका कारण धेरै ठूलो धनजनको क्षति भएको छ । हिजो साँझसम्म बाडी र पहिरोको कारण ६० जनाको मृत्यु , २५ जना बेपत्ता , ३८ जना घाइते र ३३ हजार विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ । वर्षात कारण पहाडमा पहिरो र तराईमा डुवान समस्या उत्पन्न भयो । पानीको सतह अति धेरै हुँदा सप्तकोशी नदीको ५६ ढोका खोल्नु पर्ने अबस्था बन्यो भने कमला , बागमती , लाल बकैया , कन्काई , लोहन्द्रा लगायतका खोलाहरुका कारण खोला आसपासका बस्तीहरुमा समस्या उत्पन्न भयो । काठमाडौं उपत्यकामा पनि बाडी पहिरोले जनधनको विनास ग-यो । तराईका वीरगञ्ज , गौर , जनपुरधाम , विराटनगर सहितका शहर र गाउँहरु जलमग्न भए ।
नेपाल र भारतको प्राविधिक संयुक्त टोलीको प्रतिवेदन कार्यान्यन नहुँदा दशगजा क्षेत्रमा भारतले बनाएको तटबन्धका कारण तराईका बस्ती डुबानमा परेका हुन् ।
प्राकृतिक विपत्तीमा परेका नागरिकहरुको उद्धार र राहतका गम्भीरताका साथ लाग्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारलाईआग्रह गर्नु भएको छ । यता नेपाल सरकार तथा राजनीतिक दलहरु तथा तिनका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु उद्धार र राहत कार्यमा लागिरहेका छन् । पहिरोका कारण अवरुद्ध केही सडकहरु प्रहरी खुलाएको छ भने बाँकी पनि खुलाउने कार्यमा लागिरहेको बताइएको छ ।