एन्टोनी ग्रिजम्यान बार्सिलोनामा

0 Shares

फ्रान्सका स्टार स्ट्राइकर एन्टोनी ग्रिजम्यान स्पेनिस क्लव एथ्लेटिको म्याड्रिडबाट ५ वर्षका लागि बार्सिलोना गएको सञ्चार माध्यमहरुले जनाएका छन् । २८ वर्षीय ग्रिजम्यान सन् २०१४ मा स्पेनिस क्लव रियल सोसिडारबाट म्याड्रिड शहरको एथ्लेटिको म्याड्रिड गएका थिए र त्यहाँ  उनले आफूले खेलेका २५६ खेलमा १३३ गोल गरेका दिए । उनका लागि वार्सिलोनाले १२० मिलियन युरो खर्च गरेको जनाइएको छ ।

गत वर् रुसमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्सलाई बिजेता बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लियोनल मेसी , लुइस स्वारेज , फिलिपे कौटिन्हो , उस्मान डेम्बेले जस्ता स्टार खेलाडीहरुले भरिएको बार्सिलोनामा ग्रिजम्यानको खेल जीवन थप चम्किन सक्ने खेल विश्लेषकहरु बताउछन् । बार्सिलोनाका कप्तान मेसीले सन् २०२१ पछि बार्सिलोनाबाट आफू बाहिरिने बताएसँगै ग्रिजम्यान बार्सिलोनाको महत्वपूर्ण खेलाडी हुने सक्ने धेरैको आंकलन छ ।

Leave a Reply