नेकपा (क्रान्तिकारी माओवादी) का नेता श्रीनाथ अधिकारीको निधनप्रति विभिन्न दलका नेता- कार्यकर्ताहरुले गरे शोक प्रकट

0 Shares

यही असार २२ गते साँझ ८ बजेर २ मिनेट जाँदा उपचारका क्रममा निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य तथा नेपालको वाम आन्दोलनका निष्ठावान  नेता श्रीनाथ अधिकारी‘श्याम’ को निधनप्रति विभिन्न राजनीतिक दलहरुका नेता कार्यकर्ताहरुले शोक प्रकट गरेका छन् । उहाँको हिजो अपरान्ह दाह संस्कार गरिएको थियो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को कार्यालय , कुपण्डोल , ललितपुरमा हिजो विहान ९ बजेदेखि १२ बजेसम्म राखिए को थियो । त्यसबेला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले दिवंगत नेता अधिकारीको पार्थिव शरीरमा  पार्टीको झण्डा ओडाएर उहाँप्रति सम्मान प्रकट गर्नु भएको थियो । त्यसबेला उहाँप्रति सो पार्टीका नेता कार्यकर्ताहरुका साथै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले  श्रद्धाञ्जलि दिनु भएको थियो । दिउसो१२ बजेपछि शवयात्राका साथ उहाँको अन्त्येष्टि गरिएको थियो ।

उहाँका श्रीमती , ३ छोरा र दुई छोरी हुनुहुन्छ भने उहाँका जेठा छोरा नारायण अधिकारी नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य हुनुहुन्छ ।

।  विगत ८ महिनादेखि फोक्सोको क्यान्सरको उपचार गराइरहनु भएका नेता अधिकारीको निधनको खबर पाए लगत्तै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ लगायत सो पार्टीका नेता कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।
दिवंंगत नेेेता अधिकारी २०७५ पुस २९ गते वी.पी. कोइराला मेमोरियल  क्यान्सर अस्पताल , भरतपुरमा उपचारका लागि भर्ना हुनुभएको  थियो ।  त्यहाँबाट थप उपचारको लागि उहाँलाई २०७६ बैशाख २७ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धी , ललितपुरमा भर्ना गरिएको थियो । त्यसबेला फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको उहाँको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरुले जानकारी दिएका थिए भने  शरीरको कम्मरमुनिको भागमा पक्षघात भएको थियो । उपचारका क्रममा उहाँलाई नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ सहितका नेता तथा कार्यकर्ताहरुका अतिरिक्त विभिन्न दलका नेताहरुले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

वि.संं. २०१२ सालमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ मा जन्मिनुएका नेता अधिकारी वि.संं २०३२ सालदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो । गोरखा जिल्लाको कम्युनिष्ट आन्दोलनको बाचस्पती देवकोटा , उहाँ ,  ऋषि कट्टेल र भक्ति लामिछाने संस्थापक हुनुहुन्थ्यो ।

इमान्दार र निष्ठावान क्रान्तिकारी नेता अधिकारीको निधनप्रति विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुले शोक प्रकट गर्नु भएको छ ।  यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेता अधिकारीको निधनप्रति शोक प्रकट गर्दै उहाँको निधनबाट नेकपा (क्रान्तिकारी माओवादी) ले एक इमान्दार  र सिद्धान्तनिष्ट  नेता गुमाउनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्ष्यति भएको सहकारी सञ्जालसँग कुरा गर्ने क्रममा बताउनु भयो ।

 

 

 

 

 

 

 

 

Leave a Reply