भारतीय दूताबासको पत्र सार्वजनिक भएपछि कर्मचारी माथि दोष थोपरेर मन्त्रीहरु उम्किने दाउमा

0 Shares

काठमाडौं स्थित भारतीय दुताबासले पत्र पठाएर दवाव दिएपछि नेपाल सरकारले भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण स्थगित गरेको समाचार सञ्चार माध्यममा प्रशारण / प्रकाशन भएपछि सरकारको सो कार्यको सर्वत्र विरोध भइरहेको छ तर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले केही दिन अगाडि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कहीबाट कुनै पत्र नआएको बताउनु भएको थियो । भारतीय दूताबासले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पठाएको पत्र सार्वजनिक भएपछि सरकारका मन्त्रीहरु दोष कर्मचारीको टाउकोमा खन्याएर आफू  उम्किने उपायमा लागेको देखिएको छ ।

Leave a Reply