सहकारी विभागका अधिकारी र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का प्रतिनिधिमण्डल वीच समसामयिक विषयमा छलफल सम्पन्न

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको सो संघको सञ्चालक समिति , लेखा सुपरीबेक्षण समिति र उप- समितिका पदाधिकारीहरु सहितको टोलीले सहकारी विभागका रजिष्टार सहितका अधिकारीहरुलाई भेटी छलफल गरेको जानकारी प्राप्त भएको छ । आज विहान सहकारी विभागमा २ घण्टासम्म २०७७ असोजसम्ममा बहुउद्देश्यीय सहितका विषयगत सहकारी संघ/ संस्थाहरुले ७० प्रतिशत संस्था दर्ता हुँदाको मुख्य उद्देश्य अनुरुपको कार्य र ३० प्रतिशत बचत र ऋण कारोवार गर्नु पर्ने भनी सहकारी विभागले जारी गरेको सूचना लगायतका समसामयिक विषयमा छलफल चलेको थियो । “२०७७ असोज सम्ममा बहुउद्देश्यीय तथा विषयगत सहकारी संघ/ संस्थाहरुले ७० प्रतिशत आफ्नो स्थापना हुँदाको मुख्य उद्देश्य अनुरुपको कार्य र ३० प्रतिशत बचत र ऋण कारोवार गर्नु भनेर यतिबेला कुनै सूचना जारी गरिएको नगरिएको र २ बर्ष अगाडि जारी गरिएको विषयलाई पत्रकारले लेखेका हुन् भनेर सहकारी विभागका अधिकारीहरुले बताएपछि उक्त संघका प्रतिनिधिहरुले सो विषयले सहकारी संस्थाहरुलाई आतंकित बनाएकोले उक्त विषय स्थगित गर्न माग गरेको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. स्रोतले जनाएको छ ।उ
उता नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. ले केही दिन पहिलेसहकारी ऎन , २०७४ तथा नियमावली ,२०७५ मा बिद्यमान ब्यबस्था तथा सम्पत्ति सुद्धिकरण सम्बन्धी तालिम कार्यक्रम -२०७६ सञ्चालन गरेको थियो ।