सहकारी विभागको सहयोग र राष्ट्रिय सहकारी महासंघ लि. को आयोजनामा श्रमिक सहकारी प्रवर्द्धन सम्बन्धी पूर्व सहकारी शिक्षा तालिम सम्पन्न

0 Shares

सहकारी विभागको सहयोग र राष्ट्रिय सहकारी महासंघ लि.को आयोजनामा श्रमिक सहकारी प्रवर्द्धन सम्बन्धी पूर्व सहकारी शिक्षा तालिम आज सम्पन्न भएको छ । सो तालिममा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष केशवप्रसाद बडालले सहकारीको जन्म श्रमिक सहकारीको तहबाट भएकोले श्रमिक सहकारीको ठूलो महत्व रहेको बताउनुभयो ।  श्रमिक जनताप्रति आदरभाव प्रकट गर्नु पर्ने बताउँदै सहकारीले सबैको सम्मान गर्न सिकाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त तालिममा राष्ट्रिय सहकारी महासंघ लि.का महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी दर्ता गरेपछि सञ्चालन प्रक्रियाको विषयमा जानकारी गराउनुभएको थियो ।

त्यस तालिममा काठमाडौं महानगरपालीका सहकारी विभागका प्रमुख नमराज ढकालले सहकारी मूल्य , मान्यता र सिद्धान्त’बारे  प्रस्तुती गर्नु भएको थियो ।  त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का नायव महाप्रबन्धक बाबुल खनालले उक्त तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

सो महासंघको सभाहल पुल्चोक , ललितपुरमा सम्पन्न उक्त तालिममा सहभागीहरुलाई राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

Leave a Reply