दोलखा जिल्लाका मिलीजुली साकोस र कालिञ्चोक सहकारी संस्था लि. एकीकरणको तयारीमा
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका – ६ मा सञ्चालनमा रहेको तथा एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रम अन्तर्गतको सिल्भर ब्राण्ड प्राप्त मिलीजुुुली बचत तथा ऋण सहकारी संस्था लि. र सोही नगरपालिका – ३ मा सञ्चालन भइरहेको दोलखा जिल्ला कै सबैभन्दा पुरानो सहकारी संस्था कालिञ्चोक सहकारी संस्था लि. एकीकरणको तयारीमा रहेका जानकारी प्राप्त भएको छ। ती दुई सहकारी संस्था बीच एककीरण गर्ने सम्झौता भएको बताइएको छ । तिनीहरु वीच एकीकरण सम्पन्न भएपछि एकीकृत संस्थाको नाम मिलिजुली कालिञ्चचोक बचत तथा ऋण सहकारी संस्था लि. रहने बताइएको छ ।
कालिञ्चोक सहकारी संस्था लि.सँग एकीकरणको तयारीमा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था लि. ११ वटा सहकारी संस्थाहरु बीच एकीकरण भएर बनेको थियो ।