नेपाली काँग्रेसको नीति दिउशो वी.पी. , राती विप्लव हो ? : सञ्चार मन्त्री गोकुल बास्कोटा , लगाम उपहार पठाउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ? : काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ‘नेपाली काँग्रेसको नीति दिउशो दिउशो वी.पी. , राती राती विप्लव हो ? नेपाली काँग्रेसले प्रष्ट पार्नु पर्छ ‘ भन्नुभयो । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले सर्लाही घटनामा प्रहरीसँगको भिडन्तमा मारिएका परिवारलाई रु. १० लाख प्रदान गर्नुका साथै घाइतेहरुलाई प्रमाणित विलको आधारमा उपचार खर्च प्रदान गर्ने उहाँको भनाई थियो। सर्लाहीमा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु बारे छानविनका लागि संसदीय समिति गठन गर्नु पर्ने नेपाली काँग्रेसको मागबारे विरोध गर्नुभयो । नेपाली काँग्रेसले केही दिनदेखि सर्लाहीमा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्याको छानविन संसदीय छानविन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
उता सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् गोकुल बास्कोटाको सो भनाईको प्रतिवाद गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले

ट्वीट गर्दै प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न l भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न !@PM_Nepal`लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ? भन्नुभएको छ ह
