तरकारी तथा फलफुलको विषादी रोक्न भारतीय दूताबास रोक्न भारतीय दूताबासबाट आएको पत्रबारे मलाई जानकारी दिइएन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलेभारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न भारतीय दूताबासबाट पत्र आएको आफूलाई जानकारी नदिएर लुकाएर राखिएको रहेछ । भित्र भित्रै कुटनीतिक पहल पनि भएछ तर यसबारेमा आफूलाई थाहै दिइएन’ भन्नु भएको छ । आज एक कार्यक्रममा उहाँले सो कुरा बोल्दै आफूले अञ्जानमा गल्ती कुरा बोलिएछ भन्दै नेपाली जनता समक्ष माफी माग्नु भएको छ । यसबारे छानविन गरी कारवाही गरिने बताउनुभयोस।
यस अघि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले छिमेकीहरुको सरकारलाई पत्र आउनु सामान्य कुरा हो भन्नभयो थियो भने उद्योग ,वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले मन्त्रालयका कर्मचारीहरुबाट भारतीय दूताबासको पत्र लुकाइएको बताउनु भएको थियो ह
हिजो सर्वोच्च अदालतका न्यायधीश आनन्दमोहन भट्टराईको इजलासले नेपाल सरकारको भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण स्थगित गर्ने निर्णय कार्यान्वयोयन नगर्न आदेश जारी गरेेको थियो ।