बाडी पहिरो पीडितहरुको उद्धार र राहतमा लाग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले गरे आफ्ना नेता कार्यकर्तालाई निर्देशन

0 Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय खड्गप्रसाद शर्मा ओली र पुष्कमल दाहालले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण सिर्जित बाडी र पहिरो पीडितको उद्धारमा सक्रियता पूर्वक लाग्न पार्टीका  सबै तहका नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नु भएको छ । सो प्रेस विज्ञप्तिमा उहाँहरुले बाडी र पहिरोले पु-याएको क्षति प्रति दु:ख प्रकट गर्दै बाडी पहिरोका कारण मृत्यु भएका सबै श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदन प्रकट गर्नुका साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछौ भनिएको छ ।

बाडी पहिरो पीडितका लागि आवश्यक रासत तथा सहयोगका लागि सरकार लागि रहेको सो विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हिजै बाडी पहिरो पीडितहरुका लागि आवश्यक राहत सहयोग प्रदान गर्न सरकारलाई आग्रह गर्दै बाडी पहिरो पीडितको उद्धार तथा राहतका लागि लाग्न आफ्ना सबै तहका नेता कार्यकर्ताहरुलाई निर्देशन गरेको जनाइएको छ ।

बाडी पहिरो प्रभावित क्षेत्रहरुमा  क्रियाशील सबैजसो दलका नेता कार्यकर्ताहरु मिलेर पीडितहरुको सहयोगार्थ काम गरिरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply