वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका , धरानका उप-कुलपति प्रा. डा. रौनियार अख्तियारको टोलीद्वारा घुस सहित पक्राउ

0 Shares

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई विशेष सूचनाको आधारमा भवन निर्माणको ठेक्का कमिसन बापतको रु. ८ लाख घुससहित अख्तियार दुरुपयोग आयोगको टोलीले रंगेहात पक्राउ गरेको सो आयोगले जनाएको छ । उक्त आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गर्नु भएको प्रेस विज्ञप्तीमा उहाँहरु माथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रा.डा. राजकुमार रौनियारलाई उक्त प्रतिष्ठानमा आर्थिक अनियमितता गरेको भन्दै सो  प्रतिष्ठानबाट गठित छानविन समितिले  कारवाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सो प्रतिष्ठानको उप-कुलपति पदबाट  उहाँलाई हटाइएको थियो । जसका कारण सर्वोच्च अदालत जानु भएका  उहाँलाई सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी  पुनः पदमा बहाली गरेको थियो तर पुन: पद बहाली भएको २ महिना पनि नबित्दै उहाँ हिजो घुसलिदै गर्दा रंगेहात सहयोगीका साथ समातिनु भयो ।

Leave a Reply