देशका अधिकांश भूभागमा बर्षा हुँदै , पहाडमा पहिरो र तराईमा डुबानको खतरा बढ्दै

मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । वर्षाका कारण किसानहरु धान रोपाईमा व्यस्त भइरहेका छन् ।
यता तीनदेखि वर्षा जारी छ । झरीका कारण जनजीवन प्रभावित बनेको छ । पैदल यात्री तथा सवारी साधन चल्न समस्या देखिएको छ । जसका कारण स्कूल , कलेज तथा काममा जान समस्या भइरहेको छ । झरीका कारण पहाडी क्षेत्रको जोखिम बढिरहेको छ । पहिरोको कारण पृृथ्वी अवरुद्ध भएको समाचार छ । वर्षाका कारण बीरगञ्ज बजारका केही भाग डुवानमा परेको समाचार छ । बनेपाका केही भाग जलमग्न हुने खतरा बढिरहेको छ । यता राजधानीका खोला किनारका बस्तीहरुमा पनि पानी पस्ने खतरा बढिरहेको जनाइएको छ । झरीकै कारण नेपालगञ्जबाट ६६ जना यात्रु लिएर आएको यति एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोटेश्वरतर्फबाट अवतरणका क्रममा चिप्लिएर
घाँँसे ट्याक्सी ‘वे’ मा पुग्दा २ जना यात्रु घाइते भएकोई बताइएको छ । यतिबेला जहान उडान र अवतरण झरीले प्रभावित बनेको जनाइएको छ । आज विहन सबेरैमा खोटाङको खोटेहाङ गाउँपालिका – खाप्लुखामा पहिरो खसी विष्णु राईका श्रीमती , छोरा र छोरी गरी ३ जना पुरिएर बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको समाचार छ । विष्णु राईको भने स्थानीय लगायतबाट घाइते अवस्थामा उद्धार गरिएको छ ।
तराईमा बाडी र डुवानको जोखिम बढिरहेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढिरहेको बताइएको छ भने कन्काई लगायतका खोलाहरुमा पनि पानीको सतह बढिरहेको खबर छ ।
मौसम पूर्व अनुमान महाशाखाले अझै २/३ दिन झरी नरोकिने जनाएको छ ।