दक्षिण बाराही महिला साकोसको आयोजनामा ३ दिवसीय क्षमता अभिबृद्धि तथा उद्घोषण तालिम हिजो सम्पन्न

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका – ४ दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उप-समितिको  आयोजनामा २०७६ असार २४ -२६ गतेसम्म ३ दिवसीय क्षमता अभिबृद्धि तथा उद्घोषण तालिम सो संस्थाको आफ्नै कार्यालयमा सम्पन्न भएको छ । उक्त संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता र सचिव तथा कार्यक्रम संयोजक पार्वती भण्डारीको सञ्चालनमा भएको तालिमको सहजीकरण विद्वान प्रशिक्षक यादवप्रसाद अधिकारीले गर्नु भएको थियो ।

तालिममा १७ जना प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरु साह्रै उत्सुक र जिज्ञासु रहेको उक्त संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीको भनाई छ ।

 

Leave a Reply