वित्तीय सहकारी संस्था लि. नेपालगञ्जको विशेष साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघ लि , बाँके र बाँकेमा क्रियाशील बिषयगत संघहरूको सहयोगमा नेपालगञ्जमा रहेको बित्तीय सहकारी सस्था लि. को बिशेष साधारणसभा हिजो सम्पन्न भएको छ ।
सो साधारणसभाले उक्त संस्थामा केही समय पहिले हिनामिना भएको रकम एक बर्ष भित्र असुली गर्ने , सो सस्था नियमित सञ्चालन गर्ने , सदस्यहरुले दुई बर्षसम्म त्यस संस्थाबाट बचत फिर्ता नलिने र ५ सदस्यीय छानबिन समिति गठन गर्ने जस्ता महत्त्वपूर्ण निर्णय गरेको जानकारी प्राप्त भएको छ ।