नदेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल बन्यो उप-विजेता , नेपालकी सावित्रा भण्डारी प्रतियोगिताको सर्बाधिक गोलकर्ता

0 Shares
किर्गिस्थानमा आज सम्पन्न नदेज्दा कप महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल  उज्वेकिस्तानसँग ३-२ गोल अन्तरले पराजित भई  उप-विजेता बनेको छ । जसका कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता जितेर इतिहास रच्ने योजना  फेरि असफल भएको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा भएको सो खेलमा उज्वेकिस्तानले ३९ औं , ५५औं र ६४ औं मिनेटमा गोल गरेको थियो । यता सावित्रा भण्डारीले नेपालका लागि ६७ मिनेटमा अनिता बस्नेतको पासमा र ९०औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे पनि प्रतियोगितामा नेपालले हार टार्न सकेन । सो प्रतियोगितामा उप-विजेतामा चित्त बुझाउनु परे पनि नेपालकी सावित्रा भण्डारी भने उच्च गोलकर्ता बनेकी छन् । उनले प्रतियोगिता भर ७ गोल गरेकी गरिन् । उनले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा ३५ गोल गरी सर्बाधिक गोल गर्ने नेपाली महिला फुटबल खेलाडी अनु लामाको कीर्तिमान बराबर गरेकी छन् ।

Leave a Reply