देव: विकास बैंक र वेष्टर्न डेभलपमेण्ट बैंक बीच आज एकीकरण हुँदै

देवः विकास बैंक लि र वेस्टर्न डेभलपमेण्ट बैंक लि. बीच आजबाप एकीकृत कारोवार शुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आज दिउसो सो एकीकृत कारोवार होटल मनासलुमा एक कार्यक्रमका वीच गर्नु हुने जानकारी प्राप्त भएको छ । हिजोसम्म दुबे बैंकको कारोवार बन्द रहेको थियो । देव: विकास बैंक लि. ले वेष्टर्न डेभलपमेण्ट बैंक लि. लाई प्राप्त गर्ने नेपाल राष्ट्र बैंकको यही असार २५ गते स्वीकृति प्राप्त गरेको थियो । वेष्टर्न डेभलपमेन्ट बैंक लि. ले सम्पूर्ण सम्पत्ति तथा दायित्व देवः विकास बैंक लि.ले व्योहोर्नु पर्ने गरी प्राप्तिको स्वीकृति पाएको हो।
दुबै बैंक मर्जपछिको एकीकृत बैंकको नाम देव: विकास बैंक लि. र केन्द्रीय कार्यालय हाल देवः विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थानमा रहनेछ
एकीकृत कारोबारपछि देवः विकास बैंक लि.को ५.५ प्रतिशत बोनस सहित चुक्ता पूँजी रु. ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ पुग्ने बताइएको छ ।