नेपाल वायुसेवा निगमको भविष्य अन्यौलमा !

नेपाल सरकारले नेपाल वायुसेवा निगमलाई यथास्थितिमा सरकारले सहयोग नगर्ने बताएसँगै यसको भविष्य अन्यौलमा परेको छ । ५ वटा वित्तीय निकायलाई तिर्नु पर्ने कर्जा रु. ४० अरव १३ करोड हाराहारीमा रहेको बताइएको छ । पर्यटन क्षेत्रसँग सम्बद्ध मानिसहरु नेपालमा पर्यटन प्रवर्द्धनका लागि नेपाल वायुसेवा निगम व्यवस्थित हुनु पर्नेमा जोड दिइरहेका छन् ।
सन् १९५८ मा स्थापना भएको थियो शाही नेपाल वायुसेवा निगम । २०६२/०६३ को ऐतिहासिक जन आन्दोलनपछि भने यसको नाम नेपाल वायुसेवा निगम रहन गएको छ । स्थापना भएदेखि यता यसले विभिन्न उतारचढाल भोग्दै आएको छ । यस भित्रको भ्रष्टाचार र सत्तधारी दलहरुको राजनीतिकरणको कोप विभाजनको शिकार भोग्दै आएको छ । जसका कारण यो समस्याग्रस्त बन्दै आएको छ । राजनीतिक परिवर्तन हँदै आज पनि नेपाल वायुसेवा निगम समस्या मुक्त हुन सकेको देखिदैन ।