आज साउने संक्रान्ति , हरियो चुरा र मेहन्दी लाउदै महिलाहरु

0 Shares

आजबाट साउन लागेको छ । साउने संक्रान्तिलाई लूतो या हिलो फाल्ने पर्वको रुपमा लिने गरिन्छ । सुर्य भूमध्यरेखाबाट कर्कट रेखातर्फ लाग्ने भएकोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । आज हिलो फाल्ने संक्रान्ति भएपनि यो वर्ष ढिलो वर्षात भएकोले किसानहरुलाई धान रोप्ने चटारो छ ।

आजको दिनबाट साउन महिनाभरी हिन्दू महिलाहरुले हरियो चूरा र मेहन्दी लगाउन थालेको देखिएको छ ।  हरियो चुरालाई प्रकृतिको प्रतिकको रुपमा लिने गरिन्छ । अविवाहित युवतीहरुले राम्रो पतिको कामना गरी हरियो चुरा र मेहन्दी लाउछन् भन्ने भनाई पनि सुन्ने गरिएको छ । पति जीवित रहेका विवाहित महिलाहरुले पतिको दीर्घायुको कामना गरी साउन महिनाभर हरियो चुरा र पहेलो पोते लगाउने गरेको पाइन्छ । आजकाल पति जीवित रहेका सबै धर्म संस्कृति मान्ने धेरै विवाहित महिलाहरुले हरियो चुरा र पहेलो पोते तथा अधिकांश अविवाहित युवतीहरुले हरियो चुरा र मेहन्दी धर्म संस्कृतिका आधारमा भन्दा पनि रहरले लगाउने गरेको देखिन्छ । यही कारण हरियो चुरा , पहेलो पोते र मेहन्दीको व्यापार बढिरहेको व्यापारीहरुको भनाई छ ।

हिन्दू धर्म संस्कृति मान्ने अधिकांश महिला तथा पुरुषहरुले साउन महिनाभर माछा , मासु , अण्डा , लसुन र प्याज नखाई महादेवको आराधना गर्ने गरेको पाइन्छ भने साउनको सोमबार तराईका मूलका हिन्दू धर्मावलम्बीहरु खाली खुट्टा बोलबम भन्दै मन्दिरसम्म पैदल हिड्ने गर्छन् भने अन्य मूलका हिन्दू धर्म संस्कृति मान्नेहरु पनि सोमवार मन्दिर जाने र यीमध्ये कतिपयले ब्रत बसेर शिवजीको पूजाआजा गर्ने  गरेको पनि देखिन्छ ।

 

Leave a Reply