चैनपुर सरोकार मञ्च गठन

शंखुवासभाको जिल्लाको चैनपुरबाट काठमाडौं उपत्यकामा आएर पेशा , व्यवसाय गरिरहेकाहरुको आज भक्तपुरको लोकन्थलीमा जेष्ठ सदस्य देवेन्द्रराज कार्कीको अध्यक्षतामा भेला सम्पन्न भएको छ । भेलाले राजनीति , जातीय र लैंगिक गतिविधिबाट पूर्ण रुपमा अलग रहेर सञ्चालन हुने गरी चैनपुरको विकासमा सहयोग पु-याउने उद्देश्यले चैनपुर सरोकार मञ्च गठन गरेको छ । हाललाई देवेन्द्रराज कार्की , झमकप्रसाद शर्मा र शंकरकुमार श्रेष्ठ सल्लाहकार रहने गरी अर्जुनकुमार कार्कीको संयोजकत्वमा ९ सदस्यीय चैनपुर सरोकार मञ्च संयोजन समिति गठन गरेको छ ।
समितिको सह-संयोजक संगीता खड्का कँडेल , सचिव ओमबहादुर खड्का , सह-सचिव काजीमान कार्की , कोषाध्यक्ष भुवन श्रेष्ठ र सदस्यहरु क्रमश: विमला खत्री कार्की , राजकुमार खड्का , सीता भट्टराई दाहाल र देवेन्द्र कार्की रहनु भएको छ । २०७६ साउन १८ गते शनिवार सो मञ्चको संयोजन समितिको विस्तारित बैठक बस्ने निर्णय गरिएको उक्त समितिका सह-सचिव काजीमान कार्कीको भनाई छ ।